nmb bank

गृहपृष्ठ संविधान संशोधनपछि पुराना दलहरुले आफ्नो एजेण्डा गुमाउनेछन् : पूर्ण बस्नेत

संविधान संशोधनपछि पुराना दलहरुले आफ्नो एजेण्डा गुमाउनेछन् : पूर्ण बस्नेत

संविधान संशोधनपछि पुराना दलहरुले आफ्नो एजेण्डा गुमाउनेछन् : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले संविधान संशोधनपछि जनताले संविधानले प्रत्याभूूत गरेका अधिकार र दलहरुले आफ्नो एजेण्डा गुमाउने दाबी गरेका छन् । रास्वपा नेतृत्वको सरकारले संविधान संशोधनका लागि गरेको पहल, पुराना दलहरुको अवस्थाबारे बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।

बस्नेतले भने, ‘पुुराना दलहरुलाई लागिरहेको होला हाम्रा सुुझावहरु समेटेर संविधान संशोधन हुनेछ । सबैभन्दा ठूलो भ्रम यही हो । रास्वपाले उक्त लिखित सुझावमा प्रत्येक दलको कमजोरी खोजी त्यही कमजोरीमा कठोर प्रहार गर्नेछ । दलहरुले निर्वाचनबाट जनमत गुमाए अब संविधान संशोधनबाट एजेण्डा र विचार गुमाउने छन् ।’

प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले विश्वविद्यालयमा विभिन्न पार्टीका दलगत संगठन खारेज गर्ने निर्णय गरिसक्दापनि पुुराना दलहरुले उक्त निर्णयबारे कुनै ठोस निर्णय र प्रतिक्रिया नदेखाएर निरीहता देखाएको उनको आरोप छ ।

रास्वपाले पार्टीको औपचारिक बैठक बसेर आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी आह्वान गरीसक्यो । रास्वपा आफ्नो पार्टी काममा व्यस्त रहँदा पुराना दलहरु सरकारको आग्रहबमोजिम संविधान संशोधनको सम्बन्धमा लिखित सुझाव तयार पार्ने काममा लागेको उनको टिप्पणी छ ।

 

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु