global ime bank Long Banner Ad

गृहपृष्ठ सीईओबाट हट्नुपर्ने सुझाव आएपछि मस्कले तोडे मौनता

सीईओबाट हट्नुपर्ने सुझाव आएपछि मस्कले तोडे मौनता

सीईओबाट हट्नुपर्ने सुझाव आएपछि मस्कले तोडे मौनता

एक सर्वेक्षणमा ५७ प्रतिशत प्रयोगकर्ताले एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारीबाट हट्नुपर्ने पक्षमा मत दिएपछि अन्ततः मस्कले मौनता तोडेका छन् ।

यद्यपि, उनको पछिल्लो ट्वीट ठ्याक्कै मतदानको बारेमा भने छैन । यसमा एक प्रयोगकर्ताले नीति तहको सर्वेक्षणमा निलो प्रमाणीकरण पाएका सदस्यले मात्र मतदान दिनुपर्छ भन्ने एक प्रयोगकर्ताको सुझावको जवाफमा मस्कले ट्वीटरले त्यसबारे नियम परिवर्तन गर्ने बताए । ‘राम्रो कुरा । ट्वीटरले त्यसलाई परिवर्तन गर्नेछ,’ मस्कले ट्वीट गरेका छन् ।

यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण गरेका थिए । उनले नतिजा पालना गर्ने वाचासमेत गरेका थिए । कुनै स्पष्ट उत्तराधिकारी नभए पनि १ करोड ७५ लाख मतमध्ये करिब ५८ प्रतिशत मस्कले नेतृत्वको भूमिकाबाट पछि हट्नु पर्ने पक्षमा थिए ।

यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्वीटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन् । झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन् ।

मस्कले ब्लु टिक प्रमाणीकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु