global ime bank Long Banner Ad

गृहपृष्ठ ‘गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति’

‘गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति’

‘गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उनले आलोपालो प्रधानमन्त्रीमा सहमति भएको दाबी गरेका हुन् ।

गठबन्धन बनाउँदा आलोपालो प्रधानमन्त्री हुने अलिखित सहमति भएको दाबी गरेका प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनभित्र छलफल भएको बताए । यद्यपी प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा प्याकेजमा सहमति खोजेर गठबन्धन अघि बढ्ने प्रचण्डको भनाइ छ ।

आफू प्रधानमन्त्री हुनुपर्छ नै भन्ने कुनै अडान नरहेकोसमेत बताएका प्रचण्डले गठबन्धनभित्र छलफल गरेर शक्ति बाँडफाँड गर्दै अघि बढ्ने जानकारी दिए ।

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु