global ime bank Long Banner Ad

गृहपृष्ठ साइन रेसुंगा बैंकद्वारा महिलाहरुलाई वित्तीय साक्षरता तालिम

साइन रेसुंगा बैंकद्वारा महिलाहरुलाई वित्तीय साक्षरता तालिम

साइन रेसुंगा बैंकद्वारा महिलाहरुलाई वित्तीय साक्षरता तालिम

बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा बैंकले बुटवल उपमहानगरपालिका-११ को शहरी स्वस्थ्य केन्द्रका महिला स्वयंसेविका तथा कार्यालयका कर्मचारीलाई वित्तीय साक्षरता तालिम दिएको छ ।

बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले महिलाहरुलाई आर्थिक गतिविधि र बैंकिङ कारोबारमा सहभागी गराउँदै महिला सशक्तिकरणका लागि स्वास्थ्य स्वयम्सेविकाहरुलाई वित्तीय साक्षरता प्रदान गरेको बताइन् । सहभागी ३५ जना महिलालाई उक्त तालिम दिइएको हो ।

नेपालको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी हिस्सा महिलाको भए पनि उनीहरुमा वित्तीय साक्षरता दर धेरै कम भएकाले बैंकले महिलालाई प्राथमिकता दिएको थापाले बताइन् । महिलाहरु उद्यम-व्यवसाय र उत्पादनसँग जोडिन पनि वित्तीय साक्षरता जरुरी हुने उनले स्पष्ट पारिन् । बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको थापाले बताइन् ।

बैंंकका डिजिटल बैंकिङ अफिसर नारायण न्यौपानेले डिजिटल बैकिङ कारोबार गर्दा सेवाग्राहीले घर वा कार्यालयमै बसेर सुरक्षित र छिटोछरितो सेवा लिन सकिने र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु