global ime bank Long Banner Ad

गृहपृष्ठ एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो ।

प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीका नेता चयनका लागि आज दिउँसो बैठक बस्ने र त्यसका लागि सबै प्रक्रिया सुरु भइसकेको छ । संसदीय दलको नेतृत्व छनोट गर्न बैठक बस्न लागेको पार्टी कार्यलय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।

उनका अनुसार पार्टीले दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्ने र सर्वसम्मत भएमा सो पदको जिम्मेवारी दिनेछ । पार्टीका तर्फबाट प्रदेशसभा सदस्यलाई पनि केन्द्रमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई आजै स्वागत तथा सम्मान पनि गरिने कार्यक्रम तय भएको छ ।

स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकताबद्ध गर्ने नीति लिएको पार्टीले नयाँ जनप्रतिनिधिलाई जनताप्रति थप उतरदायी बनाउन शीर्ष नेतृत्वबाट छिट्टै प्रशिक्षण दिने छ ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु