global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला विकास बैंकद्वारा मोबाइल एप अपग्रेड

सांग्रिला विकास बैंकद्वारा मोबाइल एप अपग्रेड

सांग्रिला विकास बैंकद्वारा मोबाइल एप अपग्रेड

सांग्रिला विकास बैंकले आफ्नो मोबाइल बैकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लिकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको हो, जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको जनाइएको छ ।

यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिने कम्पनीको भनाइ छ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधा रहेका छन् ।

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भने, ‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधैँ प्रवर्द्धन गर्दै आएको छ । हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौं र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् ।’

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु