राष्ट्रिय वाणिज्य बैंकले पायो अवार्ड
वि.सं.२०७९ मंसिर २९ बिहीवार २१:०५
shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर २०२२’को अवार्ड प्राप्त गरेको छ ।
सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शम्शेर राणालाई व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको थियो ।
सन् २०१३ देखि न्यू बिजनेश एज प्रालिले व्यवसायिक संस्थाहरुको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतिको आधारमा अवार्डस् प्रदान गर्दै आइरहेको आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।

























