जाजरकोट जिप दुर्घटनामा ११ जनाको मृत्यु
वि.सं.२०७९ मंसिर २६ सोमवार २१:१२
shares
सांकेतिक तस्बीर
जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटीमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार, घटनास्थलमै ९ जनाको मृत्यु भएको हो भने २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिकाका चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ ।
कर्णाली प्रदेश ००१-च-०४२९ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जाजरकोटको छेडेगाड नगरपालिकाकै ८ जना दैलेखको भगवती माई गाउँपालिकाका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर ४ जेवाबाट वडा नम्बर ५ थलह जन्ती लिएर जाने क्रममा जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
घाइते एक जनालाई उपचारका लागि सुर्खेत पठाइएको मेयर खड्काले बताए ।
मृतकहरुः
1. नैनसरा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
2. रामबहादुर बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
3. दीपक अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
4. देवीसरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
5. अम्बर अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
6. निशा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
7. मानबहादुर राउत, भगवती माई गाउँपालिका-२, दैलेख
8. वीरेन्द्र केसी, भगवती माई गाउँपालिका-३, दैलेख
9. अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका-३, दैलेख
10. वीरबहादुर खत्री, छेडागाड नगरपालिका-६, जाजरकोट
11. जैकुवरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट

























