गृहपृष्ठ किम्फमा ‘द एभरेस्ट म्यान’
किम्फमा ‘द एभरेस्ट म्यान’
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फमा द एभरेस्ट म्यान वित्तचित्र प्रदर्शन भएको छ । सोमबार राष्ट्रिय सभागृहमा यो वित्तचित्र प्रदर्शन भएको हो ।
कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण र हिमालमा जलवायु परिवर्तनका असर कम गर्ने विषयमा वित्तचित्र केन्द्रित छ । विनोद अधिकारीले निर्देशन गरेका हुन् । निर्देशक अधिकारीले सगरमाथाको सौन्दर्य बचाउने सन्देश र शेर्पाहरूको साहसबारे प्रस्ट पार्न वित्तचित्र निर्माण गरिएको बताए । ‘सगरमाथा एक्लै चढ्न सम्भव छैन । शेर्पाहरूको योगदानको सम्मानका लागि र जलवायु परिवर्तनबाट सगरमाथाको सौन्दर्यमा आँच नपुगोस् भन्ने दबाबका लागि वित्तचित्र निर्माण भएको हो,’ उनले भने ।
द एभरेस्ट म्यान हालसम्म १३ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन भइसकेको छ । वृत्तचित्रले काजकिस्तानस्थित वास्ताउ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट वित्तचित्रको अवार्ड पाएको छ ।
प्रकाशित समय : १७:५७ बजे



















