global ime bank Long Banner Ad

गृहपृष्ठ थाहा पाउनुहोस् आजको मौसम

थाहा पाउनुहोस् आजको मौसम

थाहा पाउनुहोस् आजको मौसम

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मुलुकका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ ।

पछिल्लो समय तराईमा हुस्सु लाग्न थालेको छ । जसकारण विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि घट्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ ।

प्रकाशित समय : ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु