गृहपृष्ठ क्रमिक रूपमा चिसाे बढ्दै, सावधानी अपनाउन आग्रह
क्रमिक रूपमा चिसाे बढ्दै, सावधानी अपनाउन आग्रह
प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आजको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९-२० डिग्री सेलिसयससम्म पुग्ने महाशाखाकाे अनुमान छ ।
महाशाखाका अनुसार अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने मौसमविद्ले बताएका छन् । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।
यद्यपि तराईका भू-भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
प्रकाशित समय : ०८:२८ बजे



















