global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन

सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन

सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन आन्दाेलनमा उत्रिएका सुकुम्बासीहरू । (फाइल तस्बिर)

सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं सदस्य रहेको समिति गठन गरेको हो ।

सहरी विकासमन्त्री मेटमणि चौधरीले आइतबार सरोकारवाला प्रतिनिधिसँगको छलफलपछि समिति गठन गरेका हुन् ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु