गृहपृष्ठ अरूण भ्याली हाइड्रोपावरको लाभांश घोषणा
अरूण भ्याली हाइड्रोपावरको लाभांश घोषणा
अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ छ ।
प्रकाशित समय : १५:०३ बजे

















