global ime bank Long Banner Ad

गृहपृष्ठ शिवम् सिमेन्टकाे ‘शिवम्‌सँग उपहार टन्न’ योजना सार्वजनिक

शिवम् सिमेन्टकाे ‘शिवम्‌सँग उपहार टन्न’ योजना सार्वजनिक

शिवम् सिमेन्टकाे ‘शिवम्‌सँग उपहार टन्न’ योजना सार्वजनिक

शिवम् सिमेन्टले ‘शिवम्‌सँग उपहार टन्न’ नामक उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन पाउने छन् ।

उक्त कुपन स्क्र्याच गरी २०० देखि ५०० रुपैयाँसम्मको नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्मको सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सक्ने कम्पनीले जनाएकाे छ । सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म उपहार जित्ने मौका पाउनेछन् ।

यसअनुसार हरेक महिनाको लक्की-ड्रमार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरुलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्रमार्फत प्रदान गरिने छ ।

अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेश नभइ मेघा लक्की ड्रमा मात्र समावेश गरिने छ । मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजनाअन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्रमार्फत २ जना ग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्ने शिवम् सिमेन्टले जनाएको छ ।

लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दाबी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यो उपहार योजना २०७९ मंसिर १८ देखि नेपालभर लागू गरिएको छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु