global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।

मंसिर ४ को निर्वाचनबाट माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । उसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । अब बन्ने सरकारको नेतृत्व लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड इच्छुक देखिएका छन् ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु