global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीकाे मूल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीकाे मूल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीकाे मूल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्य वृद्धिले आइतबार पनि निरन्तरता पाएको छ । केही दिनदेखि लगातार बढिरहेको सुनकाे मूल्य साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि प्रतिताेला २५ रूपैयाँले वृद्धि भएकाे छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु