global ime bank Long Banner Ad

गृहपृष्ठ बैतडीकी माया लुहारकाे हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ

बैतडीकी माया लुहारकाे हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ

बैतडीकी माया लुहारकाे हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ

घाँटी रेटेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका–४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई अनुसन्धानका लागि बैतडी प्रहरीलाई बुझाइने भएको छ ।

कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन् ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु