global ime bank Long Banner Ad

गृहपृष्ठ संघीय सांसद निर्वाचित भइसकेका राजेन्द्र पाण्डे अझै मुख्यमन्त्री

संघीय सांसद निर्वाचित भइसकेका राजेन्द्र पाण्डे अझै मुख्यमन्त्री

संघीय सांसद निर्वाचित भइसकेका राजेन्द्र पाण्डे अझै मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । उनी धादिङ २ बाट एमालेका भूमि त्रिपाठीलाई पराजित गर्दै विजयी बनेका हुन्। उनले निर्वाचित प्रमाणपत्रसमेत बुझिसकेका छन् । तर अहिलेसम्म पनि पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएका छैनन् ।

अघिल्लो निर्वाचनमा धादिङबाट प्रदेश सभा सदस्यमा विजयी भएका पाण्डे एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीमै रहेका बेला उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिई विजयीसमेत भइसकेका छन् । तर, पाण्डेले प्रतिनिधिसभा सदस्य भइसक्दा पनि मुख्यमन्त्री पदबाट किन राजीनामा दिएका छैनन् भन्ने खुल्न सकेको छैन ।

निर्वाचन आयोगको कानुनमा समेत यसबारे प्रस्ट उल्लेख छैन । यदि उनी प्रदेश सभा सदस्यमा विजयी भएको भए मुख्यमन्त्री पदमै बहाल हुँदा पनि केही फरक पर्दैनथ्यो । तर, अहिले पनि उनी मुख्यमन्त्रीकै हैसियतमा क्रियाशील छन् । प्रतिनिधिसभा सदस्य भइसकेका उनले स्वेच्छाले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु