काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्व इतिहासमा आज भएका केही सम्झनलायक घटना

12.24K
shares

आज २ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

बेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री

सन् १९८८ मा बेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्रीको रुपमा सपथ खाएकी थिइन् । उनी पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेकी थिइन् ।

मुटुको पहिलो पटक कृत्रिम प्रत्यारोपण

सन् १९८२ मा मुटुको पहिलो कृत्रिम प्रत्यारोपण भएको थियो । बार्ने क्लार्क पहिलो स्थायी कृत्रिम मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति बनेका थिए । उनको उताह मेडिकल सेन्टरमा शल्यक्रिया गरी मुटु प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि क्लार्क ११२ दिन बाँचेका थिए ।

न्युयोर्क विमानस्थलमा ढोका खोलियो

सन् १९३९ मा न्युयोर्कस्थित लागार्डिया विमानस्थलको ढोका खोलिएको थियो । न्युयोर्कका मेयर फिओरेलो ला गार्डियाको स्मरणमा विमानस्थलको नाम राखिएको थियो ।

नेपोलियन बने फ्रान्सका सम्राट

सन् १८०४ मा नेपोलियन बोनापार्ट फ्रान्सको शासक बनेका थिए । फ्रान्सेली क्रान्तिको समयमा सेना बनेका उनी उत्तराद्धमा आफ्नो युगको प्रभावशाली व्यक्ति बनेका थिए ।

ब्रिटेनी स्पेर्यसको जन्म

आज अर्थात सन् १९८१ को २ डिसेम्बरमा आधुनिक पप जगतकी सम्राज्ञी अमेरिकी गायिका ब्रिटेनी स्पेयर्सको जन्म भएको थियो । ब्रिटेनीले सयौं गीत गाएकी छिन् ।