global ime bank Long Banner Ad

गृहपृष्ठ जुनियर गर्ल्स फुटसल आज

जुनियर गर्ल्स फुटसल आज

जुनियर गर्ल्स फुटसल आज

सनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गर्ल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार आज हुने भएको छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाए । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् ।

आयोजकले विगतमा शिक्षकको फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटकदेखि गर्ल्स फुटसललाई निरन्तता दिने उद्देश्यसाथ फुटसल आयोजना गरेको बताइएको छ । एकदिने प्रतियोगिताका खेल खहरेस्थित पाणेनी फुटसलमा हुनेछ ।

प्रकाशित समय : ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु