बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्णय
वि.सं.२०७९ मंसिर १४ बुधवार १४:२५
shares

पुन: मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरा र स्याङ्जामा मतगणना सुचारु हुने भएकाे छ ।
बुधबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले ती दुई स्थानमा मतगणना सुचारु गर्ने निर्णय गरेको हो । आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो ।
ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि मंसिर ४ गते भएको चुनावको मत गणना सुरु समेत हुन सकेको छैन ।

























