काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माया खोला हाइड्रोपावरको आइपीओ आउँदै

16.86K
shares

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा यही मंसिर २३ गतेदेखि प्रतिकित्ता रु एक सय अंकित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता सेयर छुट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ६० प्रतिशत अर्थात् छ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका-८ र ९, धर्मदेवी नपा-३, ४ र ५ तथा मादी नपा-४ र ६ का बासिन्दाका लागि छुट्याइएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्रबाहेक संखुवासभाकाे अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता सेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासन गरिने सेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

निष्कासन गरिने सेयरमा स्थानीय बासिन्दाले प्राइम कमर्सियल बैंक, नेपाल एससबआई बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालय तथा कम्पनिको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडबाट सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत सेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले संखुवासभाकाे धर्मदेवी नगरपालिकाको माया खोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेकोे छ ।