गृहपृष्ठ विजयकुमार गच्छदार पराजित
विजयकुमार गच्छदार पराजित
सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरी विजयी भएकी छन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउका थिए ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरेका छन् । २०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ । त्यसैगरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा एमालेका रामदेव यादव निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विन्देश्वर यादवलाई पाँच सय ८८ मतान्तरले पराजित गरेका हुन् । रामदेवले १९ हजार चार सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका विन्देश्वरले १८ हजार आठ सय ९१ मत प्राप्त गरेका छन् ।
प्रकाशित समय : २२:२९ बजे


















