गृहपृष्ठ उदयपुर-१ मतगणना पुन: सुरु

उदयपुर-१ मतगणना पुन: सुरु

उदयपुर-१ मतगणना पुन: सुरु

उदयपुर-१ को मतगणना पुन: सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुन: गणना सुरु गरिएको हो ।

गत शनिबार बिहान क्षेत्र नं. १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र संघकाे मतपेटिकामा भेटिएको र केहीमा तथ्यांकअनुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।

नेकपा (एमाले)सहितका केही स्वतन्त्रका उम्मेदवारले पुन: मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु