गृहपृष्ठ सामसङको दसैं अफर : २६ जनालाई टीभी, १ जनाले जिते कार

सामसङको दसैं अफर : २६ जनालाई टीभी, १ जनाले जिते कार

सामसङको दसैं अफर : २६ जनालाई टीभी, १ जनाले जिते कार

सामसङले यसपालिको दसैंमा आफ्नो प्रयोगकर्ताहरुको लागि ल्याएको ‘यो वर्षको दसैं उपहार डेली टीभी, ड्याम्मै कार’ उपहार योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

यसअनुसार २६ जनाले ६५ इन्चको टीभी जितेका छन् भने एक जनाले बम्पर उपहारस्वरुप कार पाएका छन् । यो अफर गत महिना अगस्तको २८ गते देखि सेप्टेम्बर ३० सम्म चलेको थियो । सो बम्पर पुरस्कार विजेताले रेनोको क्विड कार पाएको कम्पनीले जनाएको छ ।

यस अफरमा भाग लिन र लटरीको हिस्सा बन्न सामसङको ग्राहकहरुले अफर अवधिभर कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इकमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्ने थियो ।

सो अवधिभरि दैनिक विजेताहरु हरेक हप्ता पीएएन नेपालद्वारा सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा घोसित गरिएको थियो । अफर ५ सेप्टेम्बरबाट सुरु हुँदै ५ हप्तासम्म भएको थियो ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सबै भाग्यशाली विजेताहरूलाई बधाई दिए । सामसङले सधैँ ग्राहकको कदर गर्दै उनीहरुको लागि वर्षैभरि केही न केही नयाँ र रोमाञ्चक अफरहरु लिएर आइरहेको उनले बताए ।

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु