global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मंगलबार डलर कमजोर बन्दा बलियो बन्यो नेपाली मुद्रा, यस्तो छ विनिमयदर

मंगलबार डलर कमजोर बन्दा बलियो बन्यो नेपाली मुद्रा, यस्तो छ विनिमयदर

मंगलबार डलर कमजोर बन्दा बलियो बन्यो नेपाली मुद्रा, यस्तो छ विनिमयदर Manila, Philippines - Feb 25, 2018 : Eleveted, night view of Makati, the business district of Metro Manila, Philippines

मंगलबार नेपाली मुद्राको अधिमूल्यन भएको छ । अमेरिकी डलर कमजोर हुँदा नेपाली मुद्रा अधिमूल्यन भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९८ पैसा कायम भएको छ । सोमबार डलरको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्री मूल्य १३१ रुपैयाँ थियो ।

युरोपियन युरोको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा रहेको छ ।

१० जापानी येनको खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम भएको छ । चिनियाँ युआनको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, साउदी अरेवियन रियालको खरिदमूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियालको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंगेटको खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित समय : ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु