काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीमा प्रत्यक्षतर्फ तेस्रो स्थानको एमाले समानुपातिकमा पहिलो

8.76K
shares

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ तेस्रो भएको नेकपा एमाले समानुपातिकमा पहिलो भएको छ । मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ । ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो ।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा (माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियतमा खुम्चिएको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । एकीकृत समाजवादीले ३५ हजार ८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टी ८ हजार ९९३ ,नेकपा माले ३ हजार ९९ भोट, नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट, राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट, हाम्रो नेपाली पार्टीले १ हजार ६६२, जनता समाजवादी पार्टी नेपालले १ हजार १२४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६०६, मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली कांग्रेस (बीपी) ५३८, विवेकशील साझा पार्टी ४८९, जनसमाजवादी पार्टी, नेपाल ४४५ र नेपाली जनता दलको ४२३  भोट रहेको छ ।