काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भाडाकै घरमा भोजपुरका अधिकांश सरकारी कार्यालय, सेवा प्रवाहमा समस्या

882
shares

भोजपुर । नागरिकलाई सहज र सरल तरिकबाट सेवा दिने भोजपुरमा रहेका अधिकांश सरकारी कार्यालयहरु भाडाका घरमा संचालनमा छन् । ती कार्यालयहरुको आफनै भवन नहुँदा प्रभावकारी सेवामा समेत समस्या देखिएको छ ।

जिल्लामा रहेका नेपाल टेलिकम, जिल्ला निर्वाचन कार्यालय, आर्युवेद स्वास्थ्य केन्द्र, नेपाल बैक लिमिटेड, कृषि बिकास बैक, राष्ट्रिय बाणिज्य बंैक, नेपाल बायु सेवा निगमजस्ता महत्वपूर्ण कार्यालयहरु भाडाका घरबाट नै संचालनमा छन् । कार्यालय राख्नका लागि खोजेजस्तो घर समेत नभेटिने गरेकाले थप समस्या सरकारी कार्यालयलाई रहेको कर्मचारीहरु बताउँछन ।

आफ्ना कार्यालयका भवनहरु नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्दे आइरहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भोजपुरका बैद्य निरीक्षक मनोज कुमार पण्डितले बताए ।

उनले भने, ‘जिल्लामा कार्यालय संचालनमा आएसँगै भाडाका घरबाट सेवा प्रवाह भइरहेको छ, अहिले भने भवन निर्माणका लागि दाताबाट निःशुल्क जग्गा प्राप्त भएको छ तर पनि बजेट अभावका कारण भवन बनाउन नसक्दा भाडाको घरबाट नै सेवा चलिरहेको छ।’ सानो कोठाहरु भएका कारण सेवा प्रवाह समस्याका बावजुद पनि चलिरहेको छ ।

आर्युवेद कार्यालय मात्र होइन अन्य कार्यालयहरुको पनि अवस्था त्यस्तै रहेको छ । कार्यालय प्रयोजनाका लागि जिल्लामा भनेको स्थानमा घर समेत अभाव हुने भएकाले भाडामा पाउन समेत मुस्किल हुने गरेको कार्यालयहरुको भनाई छ ।

जग्गा खरिद र भवन निर्माणका लागि बजेट बिनियोजन नहुने हुदाँ कार्यालय सदरमुकाममा भाडाको घरबाट नै सञ्चालन हुँदै आएको नेपाल बायु सेवा निगम भोजपुरका प्रमुख प्रकाश खडकाले बताए । भोजपुरमा हवाई उडान सुरु भएदेखि नै कार्यालय सञ्चालन र टिकट बिक्रीको काम निगमले भाडाको घरबाट नै गर्दै आई रहेको छ ।

सरकारी बैंकहरु राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक समेत अहिले सदरमुकाममा भाडाका घरबाट नै सञ्चालन हुदै आई रहेका छन । निर्वाचनको जिम्मा पाएको जिल्ला निर्वाचन कार्यालय पनि अरुकै भवनमा चलि रहेको छ ।

जिल्ला समन्वय समितिकिो अतिथी गृहबाट अहिले निर्वाचन कार्यालय चलिरहेको छ । आफनो भवन नहुदाँ सम्पूर्ण कार्यहरु सोही घरबाट चलिरहेको निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले बताए। कोठाहरु समेत पर्याप्त नभएका कारण निर्वाचनको समयमा सेवा प्रवाहमा झन बढी समस्या हुने गरेको सुवेदीको भनाई छ ।

नेपाल टेलिकमले पनि भाडामा घर लिएर सेवा प्रवाह गरिरहेको छ । भवन पनि नभएको र सदरमुकाम आसपासमा नै कार्यालय राख्नु पर्ने भएकाले घर भाडामा लिएको कर्मचारी रमेश सुवेदीले बताए । सरकारी कार्यालयहरु मात्र होइन स्थानीय तहका भवनहरु पनि बन्ने क्रममा छन भने वडा कार्यालयहरुको समेत आफनै भवनहरु छैन ।