काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

714
shares

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ की विजेता बनेकी छन् । खोटाङ दिक्तेलकी उनले शीर्ष उपाधि विजेता भएवापत स्कुटर प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने बिबाहित महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आइतबार आयोजित प्रतियोगितमा नेहा गुप्ता फस्ट रनर्सअपका साथ रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस, ज्योति लामिछाने सेकेण्ड रनर्सअप तथा सगुन खनाल थर्ड रनर्सअपका साथ हर्लिक्स बेस्ट फिजिक भएका छन्।

त्यसैगरी शिल्पा न्यौपाने महर्जन मिसेस नेपाल इन्टरनेसनल २०२६ चुनिएकी छन्। क्रिस्टिना ज्ञवाली मिसेस कोस्मो २०२६ र ऋचा शर्मा एमएस इन्टरनेसनल २०२६ का विजेता भएका छन्। यी उपाधि विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मो विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले बताए।

कार्यक्रममा अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिएको छ। नेपाली फिल्म क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि उनले पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मान गरिएको प्रतियोगिताकी अर्की आयोजक शिला बास्तोलाले जानकारी गराइन्।

निरुताको सम्मानमा उनले अभिनय र नृत्य गरेका फिल्मका गीतहरुमा मोडल तथा अभिनेता यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गरेका थिए। उनीहरुले अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहलाई पनि मञ्चमा पुर्‍याई नृत्यमा सामेल गराएका थिए।

प्रतियोगितामा सन्ध्या लामा अर्ना मोस्ट इनर्जेटिक, सुष्मा थापा निभिया फ्याबुलस फेस, अञ्जु परियार मोस्ट ट्यालेन्टेड, शिल्पा न्यौपाने महर्जन क्युटी केयर एन्ड ब्युटी हब बेस्ट हेयर, दीप्ति ढुंगेल हेल्दी स्किन, क्रिस्टिना ज्ञवाली बेस्ट र्‍याम्प वाक र ऋचा शर्मा दिनाज फेसन हाउस मोस्ट पङ्चुअल उपउपाधिको विजेता भएका छन्।

त्यसैगरी, समीक्षा रानाभाट आयुथ वेदा बेस्ट स्माइल, श्वेच्छा पौड्याल रिलायबल डाइग्नोस्टिक ल्याबोरेटरी मोस्ट डिसिप्लिन्ड, कञ्चन महर्जन सेन्ट्रल फेसन एकेडेमी फेसन आइकन, सुष्मा थापा केडी फोटोग्राफी मोस्ट फोटोजेनिक, बिन्दु थापा राणा मोस्ट कन्फिडेन्ट, यास्मिन बेगम सैयद मिसेस कन्जेनियालिटी, सुनिता श्रेष्ठ कर्माचार्य मिसेस ह्युम्यानिटेरियन र विजेता भएका छन्।

प्रतियोगीहरुलाई ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को अन्तिम स्पर्धामा सहभागी हुन काठमाडौं आएकी मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न, महानायक राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कृत गरेका थिए।