global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

साताकाे दाेस्राे काराेबार दिन साेमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकाे छ । सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँ  घटेको छ । आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १२ सय रुपैयाँ ९५ मा कारोबार भएको थियो ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु