global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।

प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंबर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।

आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयंबर गरिनेछ ।

बाजागाज, झाँकी र किर्तनसहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंबर गर्ने प्रचलन छ ।

डोलाको दर्शन र रामजानकीको स्वयंबर हेर्न बाह्रबिघा मैदानमा हजारौंको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

स्वयंबर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ ।

राम र सीताको विवाहको लागि जानकी मन्दिर प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई सिंगारिएको छ ।

वैवाहिक कार्यक्रममा झाँकी कीर्तणसहितको सांस्कृतिक कार्यक्रमहरु आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीहरुको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ ।

वैवाहिक कार्यक्रममा भगवान् रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् ।

सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ ।

आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न हुने छ । मंगलबार रामकलेवा गरी जन्ती एवं साधुसन्तालाई बिदाइ गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।

विवाहपञ्चमी अवलोकन गर्न नेपाल तथा छिमेक देश भारतको विभिन्न स्थानबाट आएका दर्शनार्थीले जनकपुर खचाखच भर्न थालिएको छ ।

एकहप्ता अघिदेखि नै आन्तरिक तथा बाहृय साधुसन्त तथा दर्शनार्थी जनकपुर आउने क्रम जारी छ । अहिले पनि हजारौंको संख्यामा दर्शनार्थी आइरहेका छन् । आएका दर्शनार्थी बाह्रविघा मैदान, जानकी मन्दिरको प्रांगण, सडकपेटी, विभिन्न मठमन्दिर, कुट्टी तथा संघसंस्थामा बास बसेका छन् । सम्बन्धित पक्षले आवासको उचित व्यवस्थापन नगर्दा खुल्ला आकाश मूनि जानकी मन्दिर प्रांगण तथा सडकपेटीमा रातिको समयमा पनि बास बस्नु परेको छ ।

विवाह पञ्चमीमा मिथिलाको लोप हुन लागेको कला संंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरुलाई, राम, सीता, लक्ष्मण बनाइ नाटक प्रदर्शन, झाँकी, नाचागान,भजनकीर्तन र भगवान रुपमा पूजाआजा समेत गन्छि । यसले श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् ।

प्रकाशित समय : ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु