global ime bank Long Banner Ad

गृहपृष्ठ डोटीबाट तेस्रोपटक आए आले

डोटीबाट तेस्रोपटक आए आले

डोटीबाट तेस्रोपटक आए आले

नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले संघीय संसदमा लगातार तेस्रो जित हासिल गरेका छन् । आले प्रतिनिधिसभाको मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित भएका छन् । आले डोटीबाट ४ हजार २ सय ६ मतको अन्तरले निर्वाचित भएका हुन् ।

बिहीबार बिहान सकिएको मतगणनामा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।

यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका थिए । राप्रपाका अंकबहादुर खड्काले ८ सय २ मत प्राप्त गरेका थिए ।

डोटीबाट सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । डोटी प्रदेश १ मा एमालेका चक्रबहादुर मल्ल र डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका शिवसिं ओली निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री आले सांसदमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् । संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए ।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु