गृहपृष्ठ व्यापार क्षेत्रबाट बालाजु अटो वर्क्सले तिर्यो सबैभन्दा बढी कर
व्यापार क्षेत्रबाट बालाजु अटो वर्क्सले तिर्यो सबैभन्दा बढी कर

आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्क्स प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आय वर्ष २०७७/७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरिएकोले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा कदरस्वरुप सम्मान-पत्र प्रदान गरिएको हो ।
बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । झन्झटमुक्त सवारीसाधन सेवाका साथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ ।
प्रकाशित समय : २०:०८ बजे