global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ तासको ५० तले घर बनाएर गिनिज रेकर्ड

तासको ५० तले घर बनाएर गिनिज रेकर्ड

तासको ५० तले घर बनाएर गिनिज रेकर्ड

वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन् । अर्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन् ।

एक चिनियाँ युवाले सबैभन्दा छिटो अर्थात पाँच घण्टा पाँच मिनेटमा ५० तले तासको घर बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् । गिनिज वल्र्ड रेकर्ड्सका अनुसार पूर्वी चीनको सानडोङ प्रान्तको छिङदाओका कार्ड कलाकार टियान रुईले तासको ५० तले घर ५ घण्टा ५ मिनेटमा बनाए । घर १० मिनेटभन्दा बढी ठडिएको थियो। घरको उचाइ ३ दशमलब ३७५ मिटर छ।

यो प्रयास सन् २०२२ को गिनिज वर्ल्ड रेकर्ड्स दिवस समारोहको एक अंशको  रूपमा आयोजना गरिएको गरिएको ग्लोबल टाइम्सले जनाएको छ ।

प्रकाशित समय : ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु