global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ गगन थापाले दिए मतदातालाई धन्यवाद

गगन थापाले दिए मतदातालाई धन्यवाद

गगन थापाले दिए मतदातालाई धन्यवाद

कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत थापाले आफूलाई विश्वास गरेर यस पटक पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी गराएकोप्रति मतदातालाई धन्यवाद दिएका हुन् ।

‘फेरि एक पटक काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताहरूले मलाई विश्वास र स्नेह प्रकट गरेर प्रतिनिधि सभामा निर्वाचित गरिदिनुभएकोमा मेरो श्रद्धेय मतदाताहरूलाई कोटी कोटी नमन गर्न चाहन्छु। हजुरहरूप्रति म कृतज्ञ छु, आभारी छु र ऋणि छु।’, उनले भनेका छन् ।

थापा एमालेका राजन भट्टराईलाई पछि पार्दै भारी मतका साथ सांसद निर्वाचित भएका हुन् ।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु