काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रारम्भिक मतगणनामा माओवादी र एकीकृत समाजवादी पछाडि

7.85K
shares

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजाले माओवादी केन्द्र र एकीकृत समाजवादी पछाडि परेको देखिएको छ ।

हालसम्म मतगणना भइरहेको काठमाडौंसहितका २१ निर्वाचन क्षेत्रमध्ये दुई पार्टीले कुनै पनि क्षेत्रमा अग्रता लिएका छैनन् ।

हालसम्मको तथ्यांकअनुसार एमालेले आठ ठाउँमा, कांग्रेस तीन स्थानमा अग्रता एकमा विजयी, राष्ट्रिय स्वतन्त्र पार्टी चार ठाउँमा अग्रता, राप्रपा दुई र जनमत पार्टी एक ठाउँमा अगाडि छ ।

अधिकांश क्षेत्रमा माओवादी र एकीकृत समाजवादी चौथो र पाँचौँ स्थानमा छन् ।