काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

8.99K
shares

हुम्लाको नाम्खा गाउँपालिका- ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ भने ३४ मतदान केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन् ।

लिमीको तिल गाउँस्थित हिमशिखर आधारभुत विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभुत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभुत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

जिल्लाका ५९ वटा मतदान केन्द्रमध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।

हुम्लाको प्रदेश (क) मा रहेका ३४ वटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम नआएको निमित्त निर्वाचन अधिकारी रानाले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी सीता परियारले सर्वदलीय बैठक बसेर सम्भवत मतपेटीका पैदलै ल्याउने निर्णय हुन सक्ने बताइन् । आजै हिडेपछि भोलि बेलुकासम्म सिमकोट आईपुग्ने प्रजिअ परियारको भनाइ छ ।