global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वमा निर्वाचनः सर्वाधिक चर्चित चर्चिलको त्यो पराजय

विश्वमा निर्वाचनः सर्वाधिक चर्चित चर्चिलको त्यो पराजय

विश्वमा निर्वाचनः सर्वाधिक चर्चित चर्चिलको त्यो पराजय

बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिल विश्वका सर्वाधिक शक्तिशाली र प्रभावशाली राजनीतिज्ञमध्ये एक थिए । उनको लोकप्रियता बेलायतमा मात्र नभएर सम्पूर्ण विश्वभर फैलिएको थियो । बेलायतलाई दोस्रो विश्वयुद्धबाट पार लगाउन उनले सक्दो प्रयास गरेका थिए । विश्वयुद्धको अन्त्यति चर्चिलको दूर दृष्टिको वाहवाही गरिएको थियो ।

तर, विश्वयुद्धपछि भएको निर्वाचनमा उनले नराम्रो पराजय चाखेका थिए । उनको हारले बेलायतका धेरै मानिस चकित परेका थिए ।

लाखौँको ज्यान गएको विश्व युद्धको समयमा आफ्नो देशको सफलतापूर्वक नेतृत्व गरेका चर्चिल सन् १९४५ को निर्वाचनमा नमिठो पराजय चाखेका थिए । चर्चिल क्लेमेन्ट एट्लीसँग हार खाएका थिए ।

चर्चिललाई नायकको रूपमा प्रशंसा गरेका मानिसहरूले एट्लीलाई मतदान गरेको कुरा पत्ता लगाउदा चर्चिलको पार्टी छक्क परेको थियो । चुनावले बेलायतको राजनीतिलाई भने नयाँ नयाँ दिशातर्फ लगेको थियो ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु