गृहपृष्ठ भेलुबाजेलाई २ हजार दिएको हाे/हाेइन भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण
भेलुबाजेलाई २ हजार दिएको हाे/हाेइन भन्दै सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका नेकपा एमालेका नेता सूर्य थापालाई पुन: स्पष्टीकरण सोधेको छ ।
सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको विषयमा आयोगले थापालाई स्पष्टीकरणा सोधेको हो ।
प्यूठानमा गएर थापाको प्रचारप्रसारमा सहभागी भएका बुढाले केही दिनअघि आफूलाई चुनाव प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएपछि आयाेगले स्पष्टीकरण साेधेकाे हाे ।
चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले यसअघि पनि थापालाई स्पष्टीकरण सोधेको थियो ।
प्रकाशित समय : २०:५५ बजे

















