nmb bank

गृहपृष्ठ चीन र फ्रान्सका राष्ट्रपतिबीच भेटवार्ता

चीन र फ्रान्सका राष्ट्रपतिबीच भेटवार्ता

चीन र फ्रान्सका राष्ट्रपतिबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार बिहान फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेटवार्ता गरेका छन् । विगत तीन वर्षमा दुई पक्षले विभिन्न माध्यमबाट घनिष्ठ सम्बन्ध बनाएको बताइएको छ ।

यसै कारण चीन-फ्रान्स सम्बन्धले विकासको सकारात्मक गतिलाई कायम राखेको छ । यी दुई नेताले देशले महत्वपूर्ण सहयोगमा सकारात्मक प्रगति गरेको कुरा औंल्याएका छन् । हाल विश्व अशान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै सीले बहुध्रुवीय विश्वका दुई महत्वपूर्ण शक्ति चीन र फ्रान्स, चीन र ईयूले स्वतन्त्रता र स्वायत्तताका साथै खुलापनको भावनालाई पालना गर्नुपर्ने बताए ।

द्विपक्षीय सम्बन्धलाई सही मार्गमा स्थिर प्रगति गर्न र विश्वमा स्थायित्व र सकारात्मक ऊर्जा सहयोग गर्न पनि उनीहरुबीच वार्ता भएको समाचारमा जनाइएको छ ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु