काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युएईद्वारा नेपालसामु २६४ रनको लक्ष्य प्रस्तुत

8.38K
shares

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २ सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो ।

युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए । एलिशन शाराफुले २९ रन बनाए भने बसिल हामिदले १४ तथा कप्तान सीपी रिजवान २ रनमा आउट भए । आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए ।

नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ । युएई र नेपालबीचको दोस्रो खेल बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।