उच्च अंकले बढ्यो नेप्से, ४ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट
वि.सं.२०७९ कात्तिक २० आइतवार १५:२४
shares

साताको पहिलो दिन आज सेयरबजारमा हरियाली छाएको छ । निकै लामाे समयपछि आज नेप्सेमा उच्च अंककाे वृद्धि भएकाे हाे ।
आज नेप्से ४३.२० अंकले बढेर १९६५.३६ विन्दु कायम भएको छ । नेप्से बढेसँगै आज सेयरबजारमा ३९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख रूपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक नेष्डो समृद्ध लघुवित्तको १० करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज म्युचल फण्डबाहेक सबै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी आज माइक्रो फाइनान्स समूहको उपसूचक ४.४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४.०८ प्रतिशतले, अन्य समूहको उपसूचक ४.०५ प्रतिशतले, म्यानु एण्ड प्रो ३.८१ प्रतिशतले, हाइडोपावर समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ ।
लगानीकर्ताहरु सबैभन्दा धेरै आकर्षण लघुवित्तको सेयरमा देखिएकाे छ । नेप्सेको अनुसार आज ४ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्त रहेका छन् ।

























