गृहपृष्ठ एमालेको चुनावी सभा आज दार्चुलाबाट, चुच्चे नक्सा पनि चुनावी एजेण्डा
एमालेको चुनावी सभा आज दार्चुलाबाट, चुच्चे नक्सा पनि चुनावी एजेण्डा

नेकपा (एमाले)ले चुनावी आमसभा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुँदै छ । आजैबाट सुरु हुने चुनावी सभाका लागि एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका छन् ।
एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।
ओली नेतृत्वको सरकारले अढाइ वर्षअघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।
ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।
एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।
प्रकाशित समय : ०८:५९ बजे