गृहपृष्ठ लुम्बिनीको राजधानीबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङमा
लुम्बिनीको राजधानीबारे अध्ययन गर्न विदेशी विज्ञको टोली दाङमा
लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका जाने भएको छ । प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी जाने भएको हो ।
शनिबार सानो टोली मात्र जाने र त्यसको केही दिनपछि अर्को ठूलो टोली लामो समयसम्म देउखुरी क्षेत्रमै बसेर अध्ययन गर्न जाने प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छविराज पोख्रेलले जानकारी दिए ।
ललितपुरको हिमालय होटलमा मंगलबारदेखि शुक्रबारसम्म चलेको ‘टुमारो सिटी’ ९भोलिको शहर० सम्मेलनमा सहभागी बेलायत, टर्की, केन्या र इक्वेडरका विज्ञहरुको टोलीले अध्ययनका लागि दाङको देउखुरी उपत्यका चयन गरेको हो ।
स्थानीय जनप्रतिनिधिहरुको कुरा सुनिसकेपछि एडिनबर्ग विश्वविद्यालयका प्रोफेसर जोन म्याक्लोस्कीले नेपालले प्राकृतिक विपदमैत्री विकास गर्न आवश्यक रहेको भन्दै आफूहरु बाढी पहिरो विज्ञहरु सहित अध्ययन गर्न दाङ जाने बताए ।
विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला भविष्यमा बन्ने शहरलाई जोखिममुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ देशका विषय विज्ञहरु अहिले नेपालमा छन् ।
प्रकाशित समय : ०८:४७ बजे