गृहपृष्ठ रियलमीको ‘युआई विजेट को-क्रियसन क्याम्पेन’ आयोजना हुँदै
रियलमीको ‘युआई विजेट को-क्रियसन क्याम्पेन’ आयोजना हुँदै
स्मार्टफोन उत्पादक ब्रान्ड रियलमीले ‘रियलमी युआई विजेट को-क्रियसन’ क्याम्पेनको आयोजना गर्ने भएको छ । एप डेभलपर, यु-एक्स डिजाइनर तथा स्मार्टफोन कम्पनीमा काम गर्ने कर्मचारीदेखि सर्वसाधारणले समेत यो क्याम्पेनमा सहभागी हुन पाउने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यो क्याम्पेनमार्फत रियलमीले विश्वभरमा रहेका आफ्ना प्रशंसकहरूसँग मिलेर नयाँ रियलमी युआई विजेटको सह-सिर्जना गर्ने तरिकाले भौतिक र डिजिटल दुवै क्षेत्रलाई जोड्ने छ । क्याम्पेनमार्फत रियलमीको आगामी दिनमा यु-आई विजेट कस्तो हुनेछ भन्नेमा सहभागीहरूले प्रभावकारी भूमिका खेल्न र सह-सिर्जना गर्न अवसर पाउने कम्पनीले जनाएको छ ।
क्याम्पेनमार्फत निर्माण हुने विजेट नयाँ, भिन्न र डिजाइन युक्त मात्रै नभएर उपभोक्ताहरूको दैनिक प्रयोगका लागि आवश्यक विशेषताहरू हुने कम्पनीले विश्वास गरेको छ । सँगै यो विजेटलाई हरेक पटक फोनको स्क्रिन अनलक गर्दा आवश्यक सूचनाहरू पनि दिने किसिमको डिजाइन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार यो क्याम्पेनमा भाग लिनका लागि कात्तिक २९ गते दिउँसो २ बजेसम्म आफूसँग भएको सोच कम्पनीलाई दिन सकिनेछ । यसमा एक सहभागीले एक वा एकभन्दा धेरै सोच दिन सक्नेछन् । यसरी पठाइएका आइडियाहरू छनोट भएपछि मंसिर २२ गते सार्वजनिक हुनेछन् ।
छनोट भएको र मान्य भएका आइडिया पठाउने सहभागीहरूलाई रियलमी जीटी नियो ३ र एक्स्लुसिभ कम्युनिटी ब्याज दिइनेछ भने सहभागी सम्पूर्णले नयाँ रियलमी यु आइ विजेटको प्रयोग अरूको तुलनामा चाँडै गर्न पाउने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १६:३३ बजे



















