झिनो अंकले बढ्यो नेप्से, काराेबार रकममा सुधार
वि.सं.२०७९ कात्तिक १६ बुधवार १५:२५
shares

सेयरबजार आज झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा कायम हुन पुगेको छ । प्रि-ओपनिङ सेसनमा भने नेप्से परिसूचक घटेकाे थियाे ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम आज १ अर्ब ४६ करोड ७९ लाख रूपैयाँमाथि पुगेको छ । मंगलबार नेप्सेमा ५६.११ अंकले वृद्धि हुँदा एक अर्ब २९ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको थियाे ।
१३ उपसूचकमध्ये आज निर्जिवन बिमा, ब्यापार र बैंकिङ उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक अन्य समूहको १.४४ प्रतिशतले बढ्न पुगेको छ ।
आज सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ५ करोड ६६ लाख, रिडी हाइड्रोपावरको ५ करोड १९ लाख, गोर्खाज फाइनान्सको ३ करोड ९४ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


























