‘यो निर्वाचन एउटा ब्याटल हो, गठबन्धनले नजिते देश हार्छ’
वि.सं.२०७९ कात्तिक ११ शुक्रवार १८:४०
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले चुनाव नजिते देशले हार्ने बताएका छन् ।
चुनावी अभियानका क्रममा निर्वाचन क्षेत्र गोरखा जाने क्रममा धादिङको सल्यानटारमा आयोजित गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने-‘यो निर्वाचन एउटा ब्याटल बनेको छ । गठबन्धन जित्दा देश जित्छ । अहिले दुई वटा गठबन्धन छन् । एउटा शान्ति प्रक्रियादेखि लोकतान्त्रिक गठबन्धन छ ।
अर्को गठबन्धनमा राजावादी, देश विखण्डन गर्ने अलगाववादी, अतिवादी र संविधानविरोधीहरु छन् । त्यसैले आग्रह पूर्वाग्रह छाडेर इतिहासको आवश्यकता अनुसार बनेको गठबन्धन जिताउनुपर्छ ।’
उनले देशलाई जिताउन पनि सबै विगतका तितामिठा त्यागेर एक आपसमा मत दिन गठबन्धन आबद्ध दलका कार्यकर्तालाई निर्देशन दिए ।
प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनले नजिते देश विखण्डन गर्ने प्रतिगामी गठबन्धनले जित्ने खतरा रहेको बताए ।

























