global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल टेलिकमले ल्यायो ग्रुप एसएमएस सेवा, यस्ता छन् सुविधाहरू

नेपाल टेलिकमले ल्यायो ग्रुप एसएमएस सेवा, यस्ता छन् सुविधाहरू

नेपाल टेलिकमले ल्यायो ग्रुप एसएमएस सेवा, यस्ता छन् सुविधाहरू

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले आफ्ना ग्राहकका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

कात्तिक ८ गते (मंगलबार)देखि सुरु हुने सेवाअन्तर्गत एनटीसी प्रयोगकर्ताले १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सक्नेछन् । यो सेवा कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफरअन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध हुनेछ । प्रतिसन्देश ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

२ हजार ५०० रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ । यस्तै, ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश छैन ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np मा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु