गृहपृष्ठ एनआइसी एशिया बैंकको नाफा १ अर्ब ७५ करोड
एनआइसी एशिया बैंकको नाफा १ अर्ब ७५ करोड
एनआइसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९ प्रतिशतले बढेको छ । खुद नाफा ४९ प्रतिशतले बढ्दा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणमा उल्लेख छ ।
साे विवरणअनुसार बैंकको कर्जा २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ र निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको स्वपूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ रहेको छ । स्वपूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ ।
बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । बैंकले पहिलो त्रैमासमा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक पुगेका छन् ।
बैंकका अनुसार कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।
प्रकाशित समय : १०:४४ बजे


















