कागबेनी-छुसाङ सडक निर्माण सुरु
वि.सं.२०८३ साउन २८ बिहीवार १३:१८
shares

मुस्ताङ ।छुसाङ(कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।
बेनी(जोमसोम(कोरला सडक आयोजनाले २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए ।
आयोजनाले जोमसोम(कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पुरा गर्न टेण्डर आव्हान गरी सकेको छ । उक्त खण्डको लागद दुई अर्ब रहेको छ ।

























